पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

जेठ २, काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली प्रहार गर्नसक्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भागेको अवस्थामा सुरक्षाका सबै उपाय अपनाउँदा पनि नियन्त्रणमा लिन नसकिए गोलीसमेत प्रहार गर्नसक्ने निर्णय भएको बताए । उनले भने, “संक्रमित व्यक्ति भागेर पुरै समाजै खतरामा पर्ने सम्भावना रहन्छ । त्यसैले यस्तो निर्णय लिइएको हो । सकेसम्म त्यस्तो अवस्था आउँदैन ।”

हिजो मात्रै नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना दुई संक्रमित फरार भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.