३० पत्रकारको कोरोना बिमा एनएलजी इन्स्योरेन्समा

जेठ २, काठमाडौं । पिपुल्स भोलेन्टियर्स जर्नालिस्ट फोरम (जनस्वयंसेवी पत्रकार मञ्च) ले ३० पत्रकारको एक लाख रुपैयाँको कोरोना बिमा गराएको छ ।

एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका नेपाल आर्थिक पत्रकार संघ (नाजिफ) मा आवद्ध ११, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाअन्तर्गत राहत वितरणमा खटिएका १४ र इन्स्योरेन्सखबरमा कार्यरत चार तथा फोरममा आबद्ध एकजनाको बिमा भएको हो ।

फोरमले ३० जनाको प्रतिव्यक्ति ६०० का दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बिमा शुल्क बुझाएर कुल ३० लाख बिमाङ्कको कोरोना बिमा गरिएको संयोजक नवराज न्यौपानेले बताए । आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरण गर्ने कार्यमा खटिएका थप २० पत्रकारको बिमा गर्ने योजना बनाएको न्यौपानेले बताए । बिमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले संयोजक नवराज न्यौपानेलाई आज सो बिमा पोलिसी हस्तान्तरण गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.