आयोजना सम्झौता अवधि थप्न माग

जेठ २, काठमाडौँ । कोरोना भाइरसको रोकथामका लागि गरिएको बन्दाबन्दीले निर्माणधीन आयोजनाका काम ठप्प भएपछि निर्माण व्यवसायीले म्याद थपको माग गरेका छन् ।

सरकारले एक हप्ताअघि निर्माणका काम गर्न भने पनि गृह मन्त्रलायले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी बन्दाबन्दी थप कडा बनाएपछि निर्माणस्थलमा जान हिँडेका कामदारसमेत रोकिएको भन्दै व्यवसायीले म्याद थप गर्न माग गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासङ्घले बिहीबार विज्ञप्ति जारी गरी बन्दाबन्दीले काम गर्न नपाएकाले म्याद गर्नुपर्ने जनाएको हो । महासङ्घका महासचिव रोशन दाहालले सरकारले काम गर्नु भनेको छ तर गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोकेको छ, निर्माण सामग्री लिएर गएका मजदुर बाटोमै अलपत्र छन्, काम गर्न सक्ने अवस्था नभएपछि ठेक्काको म्याद थप्न माग गरेका हौँ भन्नुभयो ।

आयोजनाका काम सुरु गर्न लागेको तर गृहले पास रोकेपछि काम गर्न नसकिएको उहाँको भनाइ छ । महासङ्घले असार मसान्तसम्म झण्डै ९० प्रतिशत ठेक्काको म्याद सकिने अवस्था रहेको भन्दै ती ठेक्का मङ्सिरपछि लैजान आग्रह गरेको छ । २०७६ जेठ २३ गतेपछि २०७७ वैशाख १४ सम्म ठेक्का सम्झौता भई काम अगाडि बढेको तर सम्पन्न हुन नसकेका आयोजनालाई एक वर्षसम्म सम्झौता विस्तार गर्न सकिने गरी नियमावली संशोधन भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.