ज्ञानकाजी तामाङ,
जेठ १, काठमाडौँ । काठमाडौँको जोरपाटीमा तरकारी पसल चालाउदै आईरहेको सोनाम तामाङ सदाझै बिहान ४ बजे तरकारी लिन कालिमाटि पुगे । तरकारी किनेर फकिदै थिए चोकमा रहेको प्रहरीले मोटरसाईकल रोकेर चाबी खोसिदिए, एकैछिन भनाभन भयो प्रहरी र उनीविच, करिब आधा घण्टा राखेर छोडिदिए । कराण थियो सरकारले पुनः लकडाउनमा गरेको कडाई ।
उपत्यकामा मंगलबार ३ जनामा कोभिड – १९ को संक्रमण देखिएपछि सरकारले लकडाउनलाई पुनः कडाई गरेको छ । जसको पत्यक्ष मारमा सोनाम जस्तै हजारौ संख्याको सर्वसाधरणमा परेको छन् । प्रहरीसँग भनाभन हुदै निस्किएपछि उनले भनिन् “काठमाण्डौमा बस्नेलाई कडा गरेर मात्रै सुरक्षित हुन सक्दैन, बरु काठमाण्डौँ प्रवेश गर्ने हरेक नाकामा कडाई गनूहोस, संक्रमित उपत्यकामा हैन बाहिरबाट आउने हो । हामीलाई दुख दिएर मात्रै कोरोना नियन्त्रण आउने हैन ” । गत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले उपत्यका सहित ग्रिन जोनमा रहेको क्षेत्रमा विभिन्न ४२ प्रकारको उद्योग तथा कलकारखाना खोल्न दिने निर्णय गरेको थियो । त्यस लगतै उच्च संक्रमित रहेको तराईका विभिन्न जिल्ला सहित देशभरबाट उपत्यकामा आउने सर्वसाधरणको संख्या ह्वात्तै बढेको छ ।
बुधबार २४ घण्टाको अवधिमा मात्रै विभिन्न नाकाबाट करिब ७ हजार भन्दा बढि सर्बसाधारणले उपत्यका प्रवेश गरे को थियो । मंगलबार तराईको विभिन्न जिल्लाबाट उपत्यकामा छिरेका भतmपुरमा २ र काठमाडौमा १ जना गरि ३ जनामा कोरोना भईरसको संक्रमण देखिएपछि उपत्यका सहित देश भरि नै लकडाउन कडा गर्न मंगलबार नै गृह मन्त्रलायले आदेश दिएको थियो । गृह मन्त्रलायले बिहिबार देखि लागुहुने गरि जारि भैसकेको अत्याआवस्यक वाहेक हरेका प्रकारको पास खारेज गरेको छ । गृह मन्त्रलायको सह प्रवक्त उमाकान्त आर्यालले भने “अब गृह मन्त्रलायको निर्णय बिना एउटा जिल्लाबाट अर्काे जिल्लामा जान पाईदैन अब नय तरिकाले पास लिनुपर्ने हुन्छ” ।
बिहिबार बिहान ११ बजेसम्मा उपत्यका भरिमा करिब ६०० वटा सवारी साधनलाई कारबाही गरेको ट्रफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिनुभयो । “बिन काम सवारी लिएर सडकमा हिड्नेलाई कारबाही गरेको हौ । अत्याआवश्यक सवारीसाधान निर्वाद रुपमा आवगमण भईरहेको छ” ढकालले भने । उनले अगाडि थपे “लकडाउन भनेको जहा छ त्यही बस्ने हो अत्याअवश्यक बाहेक बाहिर ननिस्कनुस र निस्कनै परे नजिकैको प्रहरीसँग समन्वयन गरेर मात्रै निस्कनुहोला”
मुलुक लकडाउन भएको आज ५२ दिन पुरा भएको छ । लकडाउनको पुर्ण पालाना हुन नसक्दा लकडाउन लम्बिए सँगै संक्रमितको संख्या पनि दिनानु दिन बढिरहेको छ । गता शुक्रबार सम्मा १०० जना भन्दा मुनि रहेको संक्रमितको संख्या एक साता नबित्दै बढेर आज बिहान सम्ममा २४५ पुगेको छ । सरकारल र स्थानिय निकायले पँहुचको आधारमा बितरण गरेका पास लिएर निर्बाध रुपमा सवारी लिएर मानिसहरु देशैभर आवातजावत गरिरहेको छन । जसले गर्दा उपत्यका सहित मुलुकभर नै अत्याधिक जोखिम बढाएको छ ।

