पेट्रोलियम क्षेत्रमा काम गर्ने कर्मचारीको कोरोना परीक्षण हुने

बैशाख ३१, काठमाडौं । पेट्रोलियम पदार्थको क्षेत्रमा काम गर्ने सम्पूर्णं कर्मचारी तथा मजदूरहरुको कोरोना परीक्षण गरिने भएको छ । नेपाल आयल निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

‘निगममा कार्यरत सम्पूर्णं कर्मचारीहरु, पेट्रोलियम पदार्थको कार्य गर्ने कामदार, कर्मचारी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा ग्याँस बुलेका चालक, सहचालक, निगमका बिक्रेता, बोटलिंक प्लान्टका कर्मचारी लगायतको कोरोना परीक्षणका लागि सम्बन्धित निकायमार्फत व्यवस्था गर्ने ।’ निगमद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै निगमका कर्मचारीहरुको १ लाख बराबरको बीमा समेत गरिने भएको छ । साथै, निगमको डिपोहरु संचालन कम्तीमा एक तिहाई कर्मचारीमार्फत गर्ने र एकतिहाई कर्मचारीलाई तयारी अवस्थामा राख्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.