सामुदायिक विद्यालयको शिक्षामा सरकारको जोडः मन्त्री अधिकारी

असार २९, काठमाडौं । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बिहिबार आयोजना गरिएको एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर बढाएमात्र मुलुकको विकास हुने भन्दै सरकारले अब सामुदायिक विद्यालयको शिक्षामा जोड दिइने बताउनुभयो ।

मन्त्री अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ । उहाँले सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा ‘ए’ र ‘ए प्लस’ ल्याउने ९० जना विद्यार्थी र ३५ विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको हो । पहिलेको भन्दा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढेको बताउँदै उहाँले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता हो उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले विद्यार्थीलाई व्यावहारिक बनाउनका लागि प्रयोगात्मक शिक्षा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालमा भौगोलिक परिवेशअनुसारको शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अनेरास्ववियुका अध्यक्ष नविना लामा, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले सरकारले गुणस्तर शिक्षामा ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयले निजी विद्यालयसरह राम्रो नतिजा ल्याउन सक्छन् र सामुदायिक विद्यालयको हौसला बढाउनका लागि सम्मान कार्यक्रम आयोजना गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.