बैशाख ३१, काठमाडौँ । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका वरिष्ठ उपाध्यक्ष कुमार पन्तले पर्यटन क्षेत्रको विकासमा श्रमिक मजदुरको ठूलो योगदान रहेको बताएका छन् ।
उनले प्रारम्भ खबरको कुराकानीमा श्रमिक र व्यवसाीबीच बढ्दै गएको श्रममा विवाद अन्त्य नभएसम्म व्यवसाय फस्टाउन नसकिने बताए । अखिल नेपाल टे«ड यूनियन महासंघका केन्द्रिय सदस्य समेत रहेका पन्तले व्यवसायी र श्रमिकको अभिभावक भएको बताउदै दुबै पक्षबीच सन्तुलन कायम राख्न सुझाव दिए ।
कोरोना महामारीको कारण नेपाल लकडाउनमा परेपछि विभिन्न होटल, क्यासिनो तथा रेष्टुराँका मजदुरहरु बेरोजगारी बनेको र उनीहरुको रोजीरोटी खोसिनेबाट बचाउन मजदुर नेताहरु सरकारसंग गुहारेका छन् । मजदुरलाई उचित सेवासुविधा सहित लकडाउनपछि पुनः आफ्नो काममा फकाउन माग राख्दै आएका छन् । सरकारले तीन महिनासम्म होटल व्यवसायी बन्द गर्न निर्देशन दिएसंगै व्यवसायीहरु मजदुरलाई दिने सुविधा कटौती गर्ने, मानसिक तनाव समेत दिन खोजिएको भन्दै मजदुर संगठनहरु सरकारको निर्णय उल्लंघन नगर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
भिडियो कुराकानीः

