बैशाख ३०, काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङले नेपाली शासकले सीमा विवादबारे भारतसँग आँखा जुधाएर कुरा गर्ने साहस गुमाइसकेको टिप्पणी गरेका छन् ।
लिपुलेक प्रकरणबारे सरकारले आफ्नो अडान प्रस्तुत गरिरहेका बेला सत्तारूढ पार्टीकै नेताले यस्तो टिप्पणी गरेका हुन् । पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालका समकालीन शासक, प्रशासकहरूले छिमेकी भारतसँग आँखामा आँखा जुधाएर सम–उचाइमा बसेर दुई देशबीचको सीमा विवाद र असमान सन्धिहरूको विषयमा कुरा गर्न सक्ने नैतिक आधार कुनै न कुनै रूपमा गुमाइसकेका छन् ।”


