कोरोना अपडेटः कुन देशमा कति ?

बैशाख २७, काठमाण्डौँ । कोरोना भाइरसका कारण विश्वब्यापीरुपमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार २ सय १६ नाघेको छ ।

त्यसैगरि ४० लाख १२ हजार आठ सय चौध जना संक्रमित भइरहेका छन् ।  कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शनिवार राति १ बजेसम्मको रिपोर्टअनुसार ७८ हजार ६ सय १५ पुगेको छ ।

त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३ लाख २२ हजार भन्दा बढि पुगेको छ । त्यसैगरि,बेलायतमा मृत्यु हुनेको संख्या ३१ हजार २ सय ४१ पुगेको छ । बेलायतमा पनि कोरोनाभाइरसको असर बढी नै देखिएको छ । कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय ८६ जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजार ९ सय ८३ जना उपचारपछि निको भइसकेका छन् ।

इटालीमा ३० हजार २ सय २१ जनाको मृत्यु भएको छ भने स्पेनमा २९ हजार २ सय ९९ जनाको मृत्यु भएको छ । फ्रान्समा २६ हजार २ सय ३० भन्दा बढिको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ५९ हजार ६ सय नाघेको छ । बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ १० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

बिश्वभरिको सुचीका लागि यँहा क्लिक गर्नुहोस् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.