बिमोचनको स्वर र शब्दमा रहेको ‘तिम्रो यादले’ सार्वजनिक ( भिडियो सहित )

बैशाख २१, काठमाडौँ । गायक बिमोचन खनालले आफ्नो डेब्यु गीत ‘तिम्रो यादले’ सार्वजनिक गरेका छन् । विगत ६ वर्ष देखि अस्ट्रेलियामा बसेर अध्ययन र आफ्नो संगीत यात्रा अघि बढाइरहेका खनालले कोरना कहर बिच गीत संगीत प्रेमीलाई मनोरंजन प्रदान गर्न म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

सानै देखि गीत संगीतमा रुचि राख्ने खनालले आफ्नो पहिलो प्रयास स्वरुप यो गीत दर्शक स्रोतालाई पस्किएका हुन् । एल्बम ‘समय’ मा समावेश‘तिम्रो यादले’ बोलको यस गीतमा स्वर र शब्द स्वयम् गायक बिमोचन खनालको रहेको छ । गीतमा संगीत श्रीजन कार्कीको रहेको छ भने संगीत संयोजन उत्सव आचार्य ( ब्रिज ) को रहेको छ ।

गायन संगै अभिनयमा रुचि राख्ने बिमोचन खनाल र सन्ध्या कोइराला म्युजिक भिडियोमा फ़िचर्ड छन् । श्रीजन प्रजापतिले छायांकन गरेको भिडियोलाई अमन महर्जनले सम्पादन गरेका हुन् । ज्याज प्रोडक्शनले निर्माण गरेको भिडियोलाई अनिल न्यौपानेको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

स्वयम् गायक खनालको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक खनालले आग्रह गरेका छन् । आगामी दिनमा अन्य धेरै म्युजिक भिडियो सार्वजनिक गर्दै जाने समेत गायक खनालले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.