बैशाख २०, काठमाडौँ । कोरोनाको प्रभावमा देश लकडाउन भएको बेला समस्यामा परेका विपन्न तथा मजदुरहरुका लागि कपन गुम्बाले राहत वितरण गरेको छ ।

गुम्बाले काठमाडौँका जोरपाटी नारायणटार र बुढानिलकण्ठ नगरपालिकाको वडा ११ मा रहेका मजदुर तथा विपन्न वर्गका परिवारहरुलाई राहत वितरण गरेका हुन् । एक महिना अगाडीदेखि नेपाल लकडाउनमा परेपछि ज्याला मजदुरी गर्नेहरु तथा विपन्न वर्गका परिवारहरुलाई रासनपानीको समस्या परेपछि गुम्बाले केही दिनसम्म भएपनि भोकै नहोस भन्ने भावनाका साथ राहत वितरण गरेको राहत वितरणका अभियन्ता निमा लामाले जानकारी दिए ।

हालसम्म ७९० परिवारलाई राहत वितरण गरिसकेको र राहतमा प्रत्येक परिवारलाई एक बोरा चामाल, ३ लिटर तेल र ५ केजी दाल वितरण भएको उनले बताए । लामा गुरुहरु आफैँले राहतको व्यवस्थापनमा जुट्दै स्थानीय सरकारसंग समन्वय गरी राहत वितरण गरेको छ । गुम्बाले देशमा संकटको बेला हरेक समय विभिन्न स्थानमा राहत तथा स्वास्थ्य सेवामा सहयोग पु¥याउँदै आएको छ ।

