असार २७, काठमाडौं । वरिष्ठ सञ्चारकर्मी तथा कलाकार श्रीकृष्ण सिम्खडाले क्यविनेटमा शान्तिपूर्ण विद्रोह गर्न कानुन मन्त्रीलाई सुझाव दिनुभयो । उहाँले प्रारम्भ खबरको उद्घाटन समारोहमा बल्दै सकारात्मक कदमका लागि जस्तोसुकै परिस्थितिमा खुट्टा नकमाउन आग्रह गर्दै जनजीविकाको विषयमा लाग्न ध्यानाकर्षण गराउनुभयो । अव सञ्चारगृहमै झाडु लगाउनु पर्ने बेला आएको भन्दै सञ्चारमाध्यमहरुले संवेदनशील भएर प्रभावकारी भूमिका निभाउनुपर्ने बताउँनुभयो ।