रोल्पामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु

बैशाख १८, दाङ । रोल्पामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधवार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।

बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको थियो । पुरानो बमलाई नचिनेर खेलाउने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ । घटनावारे थप विवरण आउन बाँकी नै छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.