राहत वितरणमा विवाद हुँदा वडाध्यक्षमाथि हातपात

बैशाख १८, डोटी। राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।

वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए ।

यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, “वडाध्यक्षले राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उहाँमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ ।”रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.