बैशाख १७, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निष्कर्षमा पुग्न सकिएन ।
पछिल्लो समयमा पार्टीभित्र भएको आन्तरिक समस्या, पार्टी स्थायी कमिटिले माग गरेको बैठकबारे विशेष छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । उनले छलफल जारी रहेको जानकारी दिदै बैठक पुनः बैशाख २० गते बस्ने र उक्त बैठकले दलभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढिकरण, सरकारका कामको समीक्षा तथा स्थायी कमिटी बैठक लगायतका विषय सचिवालय बैठकले नै टुंग्याउने जनाईएको छ।

