अपहरणकाे जाहेरी दिन सरकारी वकिलकाे कार्यालय पुगे जनता समाजवादीका नेता

बैशाख १६, काठमाडौं। प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादव सहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिन पुगेका छन्।

कानुन व्यवसायीको रायअनुसार उनी मंगलबार सरकारी वकिल कार्यालय पुगेका हुन्। नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए।

तर, काठमाडौं प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । अहिले पनि डा. बाबुराम भट्राइसहितका नेताहरु सरकारी वकिलको कार्यालय बबरमहलमा पुगेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.