घोराही बजार दैनिक चार घण्टा खुल्ने

बैशाख १६, दाङ । दाङको घोराही बजार आज मंगलबारबाट दैनिक चार घण्टा खुल्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले जारी गरेको लकडाउन लागु भएका बेलामा नागरिकको जनजीवन केही सहज बनाउन यसअघि साताको तीन दिन बिहान मात्रै खुल्दै आएको घोराही बजार अब सातै दिन दिउँसोको समयमा खोल्न लागिएको हो ।

घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा अन्य व्यावसायिक संघ(संस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि दैनिक बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्यक उपभोग्य वस्तुहरुको बिक्री गर्न घोराही उपमहानगरपालिका भरका पसलहरु खुल्ने भएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल तथा महासचिव नरेश कार्कीले एक विज्ञप्ति जारी गर्दै दैनिक अत्यावश्यक सेवाका पसल खुल्ने जानकारी गराएका छन् । यस्तै, संघले सञ्चालन गदै आएको होम डेलिभरी सेवा दैनिक रूपमा बजार खुल्ने भएपछि स्थगित गरिएको बताइएको छ ।

यद्यपि, परिस्थिति जटिल भए पुनः होम डेलिभरी सेवा प्रदान गरिने संघले प्रस्ट्याएको छ । संघले सम्पूर्ण उद्योगी व्यवसायी एवं उपभोक्ताहरुलाई सामग्री खरिद(बिक्री गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न र सुरक्षा सावधानीहरु अपनाई कारोबार गर्ने आग्रह पनि गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.