लकडाउनले रोकिएको जोरपाटी–सुन्दरीजल सडक अब कहिले बन्ला ?

भीम लामा,
बैशाख १४, काठमाडौँ ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका अन्र्तगत पर्ने जोरपाटी–सुन्दरीजल सडक खण्ड हेर्दा लाग्छ कुनै दुर्गाम गाँउबस्तीमा निर्माण भईरहेको मोटर बाटो । तर वर्षौ वर्षदेखि मोटर चल्दै आएको उक्त सडक पछिल्लो समयमा फराकिलो पार्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामार्फत विस्तारका लागि २ प्याकेजमा ठेक्का आह्वन गरी निर्माण व्यवसायीसंग खरिद सम्झौता समेत विस्तार कार्य अघि बढाउने बुझ्न आएको छ ।

सडकको कूल चौडाई सडकको केन्द्रदेखि दायाँबायाँ ११÷११ मीटर गरी कूल २२ मीटरमा फराकिलो बनाउने गरी कार्य अगाडी बढाउन निर्माण कम्पनी श्री आशिष÷सि.एम. जे.भि. बानेश्वरसंग मिति २०७३ असार ३ गते सम्झौता भएको थियो । उक्त ठेक्का सम्पन्न मिति भने २०७५ भदौँ ३ गते रहेको थियो ।

वर्षयाममा हिलाम्य र हिउँदे समयमा धुलाम्य भएको उक्त सडकमा सार्वसाधारणले सास्ती खेप्दै आएपनि स्थानीय सरकार र त्यस क्षेत्रमा निर्वाचित जनप्रतिनिधि भने मुकदर्शक   बनिरहेका छन् । चुनावी एजेण्डा बनाई जनताको घरदैलोमा होमिन पल्केका त्यस क्षेत्रका स्थानिय जनप्रतिनिधि भने पटक–पटक जनस्तरबाटै चर्को विरोधपछि पुनः सडक विस्तार कार्यमा लागे जस्तो देखाएर पनि खुलेर बाहिरी सतहमा आउन सकेका छैनन् । चुनावका बेला जनतालाई दिएको आश्वासन पूरा गर्न नसकिएपछि चर्को आलोचना खेप्दै आएका नगर प्रमुख सन्तोष चालिसे र काठमाडौँ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राईबीच दोहोरीसम्म चलेको थियो ।

सडक छेउमा घर भत्काउने क्रममा हुने व्यक्तिगत क्षति र मुआवज़ा बारे अनविज्ञ भएपछि एकअर्कामा आरोप प्रत्यारोप गर्दै सडक विस्तारमा अवरोध पु¥याउँदै आएको स्थानीयहरुबाट बुझ्न आएको छ । नगरपालिका परिसर र सांसद राईकै घर अगाडी पौडी खेल्न मिल्ने पोखरीमा पानी जमेपनि नदेखेझै भएको जनप्रतिनिधिबाट आजित नागरिकहरु सडकमा कहिले कोदो रोप्ने त कहिले धान रोप्ने कार्य गर्दै सडक अवरुद्ध गरेपछि जागेको शक्ति पुनः लकडाउनले शिथिल बनाएको छ ।

२०७६ बैशाख २४ सडक विस्तार आयोजनाले उक्त कार्यलाई सहज बनाउन पठाइएको पत्रलाई समेत वेवास्ता गरी सडक विस्तारमा नगरले अवरोध सिर्जना गरिरहेको स्रोतले बताएको छ । सडक सिमाभित्रका संरचनाहरु पूर्ण रुपमा हटि साइड क्लियर नभएसम्म कार्य अगाडी बढाउन नसकिने भन्दै सार्वजनिक जग्गा एवम् घर टहराहरुको यकिन गरी उक्त संरचनाहरु हटाउने कार्यमा आवश्यक सहयोग गराउन पत्र पठाएको थियो ।

रु. ७८ करोडमा विस्तार गर्नुपर्ने उक्त सडक क्षेत्रमा करिव ८ सय घर टहराहरु हटाउनुपर्नेमा नगरपालिकाले त्यस कार्यमा ढिलासुस्ती गर्दै आएको बताएको छ । केही सार्वजनिक जग्गा मिचिएको घर टहराहरु पनि रहेको र बाँकी सार्वजनिक जग्गाहरुमा सडक विस्तार कार्य सुरु भईसकेको निर्माण पक्षले बताएको छ । चर्को दबाबपछि गत मंसिरमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रतिनिधि, निर्वाचन क्षेत्रका सांसद र स्थानीय जनप्रतिनिधिवीच सम्झौतापछि केही स्थानहरुमा सडक विस्तारका कार्य सुरु भएको थियो । अहिले भने लकडाउनको बहाना उक्त कार्य रोकिएको छ । सामाजिक दुरी कायम गरी निर्माण कार्यलाई अगाडी बढाउन सक्ने केन्द्रिय सरकारका सम्बन्धित निकायले भने पनि सोही क्षेत्रका जनप्रतिनिधिहरु भने गुमनाममा बसेका छन् ।

व्यवस्थित रुपमा रुख काट्ने, कालोपत्रे गर्ने जस्ता काम गर्दै सडक विस्तारलाई अघि बढाउन सकिएपनि सोही क्षेत्रमा कुनै चासो नदेखाएका त्यहाँका स्थानीयहरु बताउँछन् । उनीहरु भन्छन्– ‘ अरु बेला भीडभाड र सवारी साधनले काममा अवरोध पु¥याउथ्यो अहिले लकडाउनको बेला विस्तार कार्यलाई अगाडी बढाए छिटो र मजबुद हुन्थ्यो तर हाम्रो जनप्रतिनिधिले जनताको मर्म बुझिएन ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.