बैशाख १४, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. १ अन्र्तगत सुन्दरीजलमा रहेका संसारी माई मन्दिरमा जुवा खेल्ने र जाड रक्सी खानेको अखडा बन्न थालेको छ ।
लकडाउनको उल्लंघन गर्दै सो मन्दिरमा जुवा खेल्नेको अखडा बनेको खुल्न आएको छ । रातको समय पनि त्यही सुत्ने र गलत गतिविधि समेत गर्दै आईरहेको स्थानीयहरुको भनाई छ । हामी त्यस क्षेत्रमा पुग्दा केही व्यक्तिहरु चेस खेलिरहेको र मन्दिर भित्र एक समूह तास खेलिरहेको अवस्थामा भेटिएको छ । पवित्र धार्मिक स्थलको रुपमा मानिदै आएको उक्त मन्दिरमा आजभोली दिनहुँ भीडभाड भई तास खेल्ने, वियर खाने र गाँजा समेत सेवन गरी वरिपरि रहेका छिमेकीलाई असर पुग्न गएको छ ।

मन्दिरलाई थप आकर्षण बनाउन सहरी विकास मन्त्रालय, नगरपालिका र स्थानीयहरुको सहयोगमा करिब ५१ लाख बराबरको लागतमा पोखरी पनि निर्माण भईरहेको छ । तर सोही बजेट के कति खर्च भयो र काम कसरी अगाडी बढिरहेको भन्ने विषयमा स्थानीय सरकार वेखबर छ । जुवा तास खेल्ने र माद्यक पर्दाथ सेवन गरी समाजलाई नै आतंकित बनाईरहदा प्रहरी प्रशासन पुग्न नसकिएको स्थानीयहरुको गुनासो छ । धार्मिक तथा सामाजिक संघसंस्थाहरुमा यस प्रकारका गतिविधि रोक्न सम्वन्धित निकायहरुले चासो पु¥याउनु आवश्यक देखिन्छ ।

