बैशाख १४, काठमाठौँ । नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले आगामी १५ दिनभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक नबोलाए उहाँविरुद्ध कठोर कदम चालिने चेतावनी दिनुभएको छ । उहाँले पार्टीमा दुई अध्यक्ष रहेकाले प्रधानमन्त्रीले नबोलाउने भए कार्यकारी अध्यक्षले तत्काल बैठक बोलाउनुपर्ने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्ककको नेपाली बहशमा भुसालले पार्टीको विधान अनुसार पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले माग भएको १५ दिनभित्र बैठक बोलाउनुपर्ने भन्दै बैठक चाहिँदैन भन्ने अधिकार दुवै अध्यक्षलाई नभएको बताउनुभयो । पार्टीले बैठक बोलाउ भनेपछि त्यसको जिम्मेवारी पदमा बसेको व्यक्तिले मनपरी गर्न नपाउने भुसालको भनाई छ ।
उहाँले पार्टीको विधान अनुसार बैठक बैठक बोलाउनुपर्ने र नबोलाए अर्को अध्यक्षले तत्काल बोलाउनुपर्ने भन्दै यसैका लागि पार्टीमा एउटा अध्यक्षलाई सरकार चलाउने र अर्को अध्यक्षलाई पार्टी चलाउने जिम्मा दिएको दावी गर्नुभयो । भुसालले स्थायी कमिटीका प्राय सदस्यले सरकार र पार्टीका विषयमा छलफल आवस्यक भएर बैठक बोलाउन माग गर्दा नबोलाउने हो भने पार्टीमा दुर्व अध्यक्षको केही काम नहुँने ठोकुवा गर्नुभयो ।
भुसालले भन्नुभयो,‘प्रधानमन्त्रीले अहिले उठेका विषयहरुको बैठकमा सवै सदस्यहरुलाई स्पस्ट पार्नुपर्छ । गल्ती गरेर भाग्ने, जोगिन खोज्ने र पार्टीलाई बर्बाद बनाउने अधिकार उहाँलाई छैन् । बैठकले जे निर्णय गर्छ त्यो प्रधानमन्त्रीले मान्नुपर्छ । प्रधानमन्त्री हटाउने र मलाई कसरी हटाउने भन्ने कुरा सडकमा हैन बैठकमा हुन्छ । प्रधानमन्त्रीले बालुवाटारमा नेता बोलाएर कुरा गर्ने हैन । धुम्बाराहीमा आएर भन्नुपर्यो । सरकार र उहाँ पार्टीको निर्णय अनुसार चल्नुभएको छैन’ ।

