राजधानीमा हराएको नागरिकको पहिचान, स्थानीय सरकारले खोज्न थाल्यो

पानी परिरहेको थियो, नेपाल लकडाउनको ३१ औं दिन हामी केन्द्रिय राजधानी काठमाडौँबाट बाहिर जिल्ला जाने मुख्या नाकाहरु पुगियौँ । जहाँ हजारौ संख्यामा झोला तोम्को साथमा सानासाना बालबच्चा च्याप्दै त्यो पानीको कुनै प्रभाह नगरी आफ्नो गन्तव्यतर्फ लाग्नेहरुको भीड देखेका थियौँ । पानीमा लुथ्रुक्क भिज्दै सडकछेउमा हिडिरहेका ती व्यक्तिहरु जसरी हुन्छ आफ्नो गाउँ फर्किन पाए राहत मिल्थ्यो कि भन्ने सोचाईले रोकिरहेका बसहरुतर्फ नजर लगाउँछन् ।

यो दृश्य हो कोटेश्वर, जडिबुडी, कलंकी र भक्तपुरको जगती आसपासको । गाउँ फर्किनु कसैको रहर होइन्, परिस्थितिले बनाएको बाध्यता मात्र हो । विश्वभर फैलिएको कोभिड १९, कोरोना भाइरसका कारण लकडाउनमा परेपछि मजदुर र विपन्न वर्गलाई मात्र होईनन् सारा नेपालीलाई नै कहालिलाग्दो अवस्थामा पु¥याएको छ ।

त्यसमा पनि विशेष गरि उपत्यका बाहिर जिल्लाबाट विभिन्न पेसा व्यवसाय तथा अवसरको खोजीमा आएका नागरिकहरु यसको मारमा परेका छन् । उनीहरुलाई पानीले भिज्नु, थाकान लाग्नु ठूलो विषय बनेनन्, जसरी हुन्छ आफ्नो गाउँ पुगे सबै कुराबाट सुरक्षित हुने आशाले मन तानिएको देखिन्छ ।

हो, दैनिक ज्यालादारी गर्ने मजदुरहरुको त्यो रोदन र पीडाले सिर्जित दृश्यले मन नै कुडिएर आउँछ । उनीहरु भन्छन्– “अरु बेला दिभरि काम गर्दा समेत विहान वेलुका छाक टार्न धौधौ परिन्थ्यो झन् अहिले त हाम्रो गाँस नै रोकिएको छ ।” कमाउने ठाउँ छैन, आउने ठाउँ पनि कतै छैन यसरी भोकै बस्न कहाँ दिन्छ यो मनले ? कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सामाजिक दूरि कायम राख्न लकडाउन गरेको छ । कहि कतै बाहिर कमाउन जाऊ निस्किने अवस्थै छैन् । यसरी भोकै बस्नु काल पर्खिनु मात्र हो उनिहरु भन्छन् ।

हाम्रो नाममा सरकारले राहत दिने भन्ने कुरा पनि सुनिन्थ्यो । तर त्यो राहत बोल्न सक्ने र हुनेखाने कै लागि रहेछ । यो कस्तो शहर जहाँपनि पक्षपत मात्रै । राहत लिन जाऊ हामी हेपिनुपर्छ, हामी शहरका स्थानीय पनि परेनौँ त्यसैले हाम्रो लागि होईन रहेछ राहत सिमित काठमाडौँमै घर हुनेहरुकै लागि रहेछ । घर हुनेले राहत पनि पाउने, खाना पनि पाउने हामी मजदुरीले खाना पनि नपाउनु ? उनीहरुको प्रश्न थियो ।

कस्तो मानवता हराएको शहर, दायामाया भन्ने त फिटिकै नहुँदो रहेछ । अहिले समस्यमा पर्ने बेलामा पनि नातावाद र राजनीतिक दल हेरेर राहत वितरण गर्ने ? अरु बेला त हामी पसिना बगाएर सरकारलाई कर पनि तिरेकै थियौँ, घरभाडा पनि समयमै बुझाएका थियौँ तर राहतको लागि सिफारिससम्म गर्न अघि बढ्न चाहेनन् शहरका घरबेटीहरु ।

केन्द्रिय राजधानीमा रहेका नागरपालिकाहरु र महानगरपालिकाले अहिलेसम्म नातावाद र कृपावादमा अल्झिएर गरिएको असफल व्यवस्थापन नै मानवता हराएको काठमाडौँ शहरमा परिणत भएको मजदुरहरुको आँशु र चित्कारले पुष्टि गरेको छ । अन्ततः ग्रामिण गाउँपालिकाहरुले काठमाडौँमा परिचय हराएका आफ्ना नागरिकहरुको उद्वार गर्दै जनताप्रतिको दायित्व पूरा गरिएको देखिन्छ ।

तर, मुलुकको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले केहिदिन अगाडी देशवासीको नाममा सम्बोधन गर्दै गर्दा भनेका थिए हरेक नागरिकले खाना नपाए हामीलाई भन्नुस् घरघरमा पु¥याईदिन्छु भन्ने त्यो तर्क यसरी चिसो पानीमा भिज्दै रुज्दै आफ्नो गन्तव्यको खोजी गरिरहेका नागरिकहरुको दृश्यले गिज्याएको छ ।

विपदमा जसरी स्थानीय तहका सरकारले सक्रियता देखायो त्यसरी नै काठमाडौँका जनप्रतिनिधि र प्रधानमन्त्रीले पनि त्यसको सिको गरोस् अहिलेको कर्मशिल मजदुरहरुको आँशु काठमाडौँ शहरलाई नलगोस् हाम्रो शुभकामना ।

– प्रस्तुतीः भीम लामा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.