वडा अध्यक्षले देखाए सक्रियताः गाउँ जान पाए हेलम्बुका २ का नागरिक

बैशाख १२, हेलम्बु । हेलम्बु गाउँपालिका–२ सिन्धुपाल्चोकका नागरिकहरु बन्दाबन्दीका कारण काठमाडौँमा रहेको र घर फर्किन चाहनेहरुलाई आज घर फर्काएको  छ ।

विश्व भरी फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण नेपालमा पनि गत चैत ११ गते देखि सरकारले बन्दाबन्दीको घोषणा गरे लगत्तै काठमाडौँमा समस्यमा परेका सिन्धुपाल्चोक हेलम्बु २ का नागरिकहरुलाई आज गाउँपालिकाको समन्वयमा २ न वडाका अध्यक्ष छिरिङ ग्याल्बु लामाको संयोजन तथा वडाका राजनीतिक व्यक्तिहरुको बिशेष पहलमा सुरक्षित गाउँ फर्काएको छ ।

स्थायी घर हेलम्बु गाउँपालिका २ भएको र हाल काठमाडौमा ज्याला मजदुरी गर्नेहरु , विद्यार्थीहरु र अन्य समस्यमा परेको गाउँ फर्किन चाहनेहरुलाई तत्काल गाउँ फर्काउने गाउँपालिकाले निर्णय गरे लगत्तै २ न वडाको नागरिकहरु प्रति तत्काल वडाले चासो लिई गाउँ पर्काएको वडा अध्यक्ष छिरिङ ग्याल्बु लामाले बताए । बिपदको बेलामा जनप्रतिनिधिले आफ्नो नागरिक प्रति जिम्मेवार बन्नु नै आफ्नो दायित्व भित्र पर्ने वडा अध्यक्ष लामाले बताए ।

गाउँपालिकाले गरेको निर्णयलाई तत्काल जिम्मेवारीपूर्ण रुपमा आफ्नो नागरिकप्रतिको यो कदमलाई घर फर्किन पाएकाहरुले आफ्नो वडा अध्यक्ष र गाउँपालिका लाई धन्यवाद दिएका छन् । अब गाउँमा अनुशासीत भएर गाउँपालिका र वडाले बनाएको मापदण्डमा रहने समेत गाउँ फर्किनेहरुको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.