बैशाख १२, काठमाडौं । नोभेल कोरोना भाइरस संक्रमण थप एकजनामा पुष्टि गरिएको छ । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणका क्रममा एकजना नयाँ संक्रमित पुष्टी भएको छ ।
नयाँ संक्रमित व्यक्ति झापाका ६२ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन् । हालसम्म प्राप्त विवरण अनुसार उनी आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हालको अध्यावधिक विवरण अनुसार कोभिड(१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।

