सञ्चार क्षेत्रलाई द्विविधा हुने गरी सूचना तथा जानकारी नदिन आग्रहः सञ्चार मन्त्री

असार २६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले लिएका नीतिलाई जनताले बुझ्ने भाषामा जनतासामु पस्कन विभिन्न मन्त्रालयका प्रवक्तालाई निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, “सरकार सरकार हो, तपाईंहरुले दल विशेषको नीतिको व्याख्या गर्नुपर्दैन, यो काम राजनीतिक नेतृत्वले गर्छ । सरकारले गरेका कामको राम्रो व्याख्या गरी जनतालाई बुझाउनुहोस्, यसबाट नै सरकारको प्रभावकारिता वृद्धि हुन्छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्रालयका गतिविधिलाई हरेक दिन अद्यावधिक गरी सञ्चारकर्मीमार्फत जनताकहाँ पु¥याउन प्रवक्तालाई आग्रह गर्नुभयो ।

“मन्त्रालयगत निर्णयहरु स्पष्टरुपमा सञ्चारकर्मीलाई भनिदिनुस्, प्रष्टवक्ता बन्नुहोस्, तपार्इंले सम्प्रेषण गरेका सूचना, जानकारीको समाचार कसरी बनाउने भन्ने जिम्मा त सञ्चारकर्मीको हो”, मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले सञ्चार क्षेत्रलाई द्विविधा हुने गरी सूचना तथा जानकारी नदिँदा राम्रो हुने चर्चा गर्दै सरकारका नीति, योजना तथा कामलाई प्रष्टरुपमा जनतालाई बुझाउने दायित्व प्रवक्ताको पनि हो भन्नुभयो । सूचना पाउने संविधान प्रदत्त अधिकार भए पनि कूटनीतिक, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षाका विषयसित सम्बन्धित सूचना तथा जानकारी दिँदा संवेदनशील बन्न मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रमा आलोचना, समालोचना हुनु स्वाभाविकै हो, जे छ त्यो स्पष्टरुपमा राखिदिनुस्, त्यसले सञ्चार क्षेत्र र सडकसमेतमा बहस हुन्छ, बहस भयो भनेर कोही डराउनुहुन्न ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारका प्रवक्ताले सरकारले जे निर्णय गर्छ त्यही भन्ने हो, सार्वजनिक गर्ने हो, मन्त्रालयगत सबै निर्णयको जानकारी सरकारका प्रवक्तासित नहुन सक्छ, यस्तो अवस्थामा मन्त्रालयका प्रवक्ताले सही, स्पष्ट सूचना दिनुपर्छ ।”

Satkar Media House
Leave A Reply

Your email address will not be published.