बैशाख ११, काठमाडौँ । ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता नम्बर १३८८ सहित दर्ता भएको छ । बिहीबार निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो एक नेताले बताए ।
जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएर दल दर्ता गरिएको छ । एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताएका छन् ।
आयोगमा एकताका लागि उपेन्द्र यादव, शरतसिंह भण्डारीको हस्ताक्षरित निवेदन परेको छ । निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरेर निर्णय दिनेछ । अहिले एकतासम्बन्धी समझदारीपत्र कागजात बुझाइएको छ । दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति मध्यरातमा गरेका थिए ।

