हजारौ नागरिकहरु उपत्यकाबाट आफ्नो गाउँतर्फ प्रस्थान

बैशाख ९, काठमाडौँ । लकडाउनको २९ औँ दिन आज हजारौ नागरिकहरु उपत्यकाबाट आफ्नो गाउँतर्फ प्रस्थान गरेका छन् । स्थानीय तहको समन्वयमा उपत्यकामा रहेका आफ्नो नागरिकलाई सहज बनाउन सवारी सिफारिस सहित गाउँ लगेका छन् ।

 

मंगलबार भक्तपुरको जगतीबाट विशेष सुरक्षा व्यवस्था तथा जाँचबुज सहित हजारौ यात्रुलाई आ–आफ्नो गाउँतर्फ पठाएको छ ।

लकडाउनको अवस्था अझै लम्बिने सम्भावना बढेपछि उपत्यकामा आफ्नो पेशा व्यवसाय तथा जीवीकोपार्जन गरिरहेका नागरिकहरु समस्यामा परिरहेका अवस्थामा स्थानीय तह र प्रशासनको समन्वयमा बसहरुको व्यवस्थापन गरि गन्तव्यतर्फ पठाएका छन् । पश्चिमको रोल्पा, रुकुमदेखि पूर्वी जिल्लाहरु ओखलढुंगा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक लगायतका नागरिकहरुलाई स्थानीय तहहरुको विशेष पहलबाट घर पु¥याउने कार्य गरिरहेको छ ।

 

४ दिनदेखि आजसम्ममा करिब १५ हजार नागरिक बाहिरिएको महानगरिय प्रहरी बृत्त भक्तपुरले जनाएको छ । काठमाडौँ, ललितपुरबाट भक्तपुर जगतीमा जम्मा भई जाने नागरिकहरुलाई खानाको समेत व्यवस्थापन गरेको छ । सूर्यविनायक नगरपालिका वडा ८ को संयोजना तथा सिपाडोल क्षेत्र परोपकार समाजद्वारा पैदलयात्रीहरुलाई निःशुल्क भोजनको व्यवस्थापन गरिएको वडा अध्यक्ष किरन थापा बताए ।

सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरु नै आएर आफ्ना नागरिकहरुलाई लैजान लागि परेको वडा अध्यक्ष थापाले बताए । भीडबाडलाई व्यवस्थित बनाउन परोपकार समाजले प्रहरीको सहयोगमा स्वयम्सेवकहरु समेत परिचालन गरि खानाको व्यवस्था गरिएको बताए ।

समस्यामा परेका मजदुरहरुलाई यातायातसंग समन्वय गरेर निःशुल्क पठाउने व्यवस्था समेत गरेको सुरक्षामा खटिएका भक्तपुरका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.