सन्देशमुलक शिक्षा सहित जोरपाटीमा खाना खुवाउँदै

बैशाख ९, काठमाडौँ । अहिले मुलुक लक डाउनको अवस्थामा छ । शहरमा विभिन्न रोजगार मुलक सस्था, उद्योग कलकारखानाहरु बन्द छ ।

त्यस्तै शहर बजारमा दैनिकि ज्यालादारी गर्नेहरु र विपन्न वर्गहरु लकडाउनको चरम मारमा परेका छन । काम गर्न नपाएपछि कोठामा चुल्हो निभेको छ । खाना खाने अवस्था पनि छैन । घर जाउ टाढाको गन्तव्य हिड्न समेत पाइदैन । दिनभर ज्यालादारी गर्न पाए खानाको बन्दोबस्त गर्न सकिन्थ्यो । यो अवस्थाबाट गुज्रिरहेका व्यक्तिहरुलाई सहज बनाउन काठमाडौं विभिन्न ठाउँमा खाना खुवाउने अभियान सन्चालन भैरहेको छ ।

त्यस्तै जोरपाटी स्थित चामुण्डा स्कुलमा विपदमा सहयोग गर्नुपर्छ भन्ने सोचका साथ नारायणटार युवा क्लबले मजदुर एवम् विपन्न वर्गको हितमा भोजन अभियान सन्चालन गरेको छ । गोकर्णेश्वर नगरपालिका वर्डा न। ६ को सहकार्यमा सोमबारदेखि खाना खुवाउने अभियान सन्चालन गरेको क्लबका अध्यक्ष धर्म सिङ थिङले जानकारी दिए । स्वयंसेवक परिचालन गरि निकै व्यवस्थित तरिकाले खाना खुवाईरहेको र उनीहरुको स्वास्थ्य तथा अन्य विवरण समेत राख्ने गरेको बताए ।

पहिलो दिन करिब ५५० जनालाई खाना खुवाएको र यो उनिहरुलाई लकडाउनको अवधिभर खानाको व्यवस्थापन गर्न अन्य संघसस्था र व्यक्तिहरूलाई समेत आव्हान गरेका छन । सामाजिक दुरि कायम गरि बस्ने, सरसफाइमा ध्यान दिने, स्वास्थ्यमा कुनै समस्या आएमा नजिकको स्वास्थ्यचौकी वा जनप्रतिनिधिलाई खबर गराउने भन्दै शिक्षा समेत प्रदान गरि खाना अभियान सन्चालन गर्दै आएको आयोजकले जानकारी दिए ।

त्यस क्षेत्रमा कोहि कसै पीडा परेका र खाना नपाएको अवस्थामा भेटिएमा युवा क्लवलाई जानकारी गराउन समेत आग्रह गरेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.