राहत वितरण सहज बनाउन सरकारले तोक्यो सातै प्रदेशमा ‘फोकल पर्सन’

बैशाख ८, काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि देश चैत ११ गते देखि लकडाउनमा रहेको छ। लकडाउनले गर्दा धेरै मानिसहरुलाई खानको समस्या परेकाले सरकारले राहत दिने व्यवस्था गरेको छ।

सरकारले दिने राहत वितरणलाई व्यवस्थित बनाउन सातै प्रदेशमा फोकल पर्सन तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सबै प्रदेशमा फोकल पर्सन तोकिएको जनाएको हो ।

लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, मजदुर, विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या नहोस् भनेर स्थानीय तहहरुसँग समन्वय र सहजिकरण गर्ने उद्देश्यले फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले प्रदेश–१ मा प्रल्हाद कार्की, प्रदेश–२ मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुषाल, प्रदेश–५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले र सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल फोकल पर्सनको रुपमा तोकेको छ।

त्यस्तै, राहत पाउनको लागि सम्बन्धित निकायसम्म पहुँच नपुगेका तथा समस्यामा परेका मजदुर र विपन्न वर्गका व्यक्तिहरुले सम्पर्क गर्न हुन तथा आ–आफ्नो टोल, छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरुका बारेमा एसएमएसमार्फत सम्पर्क गराई सहयोग गर्नु हुन मन्त्रालयले सम्पूर्ण राजनीतिकर्मी, बुद्धिजीवी, पेशाविद्, संचारकर्मी, नागरिक समाज लगायतलाई आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.