कोरोनाबाट प्रभावित उद्योगलाई राहत दिनका लागि अध्ययन समिति गठन

उद्योग मन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा अर्थ, कृषि, श्रम मन्त्रालयका साथै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघका प्रतिनिधि समेत रहने गरी समिति गठन भएको हो।

समितिलाई १५ दिनको समय अवधि दिइएको छ। यस अवधिमा समितिले संकटमा परेका उद्योग व्यवसायलाई राहत दिने र बन्द भएका उद्योग संचालनका लागि आवश्यक उपाय सरकारलाई सुझाउनेछ। यसैगरी वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई स्वरोजगार बनाउने विषयमा समेत सुझाव दिनेछ।

समितिलाई लकडाउन अवधिमा बन्द रहेका उद्योग प्रतिष्ठानका मजदुरहरुको तलव भुक्तानीका साथै विदेशबाट फर्केका युवाहरुलाई स्वरोगजार बनाउने विषयमा समेत योजना बनाउनेछ। यसैका लागि समितिले व्यवसायीका छाता संगठनहरुसँग समेत सुझाव मागेको छ।

समितिले तयार गरेको प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा पेश गरी आवश्यक निर्णय गरिनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.