अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४१ हजार नाघेको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोनाका काारण ४१ हजार ३७९ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कोरोनाको केन्द्र बनेको न्युयोर्कमा यसको संक्रमण केही दिन यता कम भएको बीबीसीले जनाएको छ ।