लकडाउनको प्रभाव: बाटो बिस्तारमा तिब्रता

बैशाख ८, काठमाडौं । बाग्मती प्रदेश सरकारले लकडाउनभित्र पनि सडक विस्तारका कार्य गरिरहेका छन । सामाजिक दुरि कायम राखी भिमफेदिदेखी कुलेखानीसम्म मदनभण्डारी मार्गमा १५ किलोमीटर बाटो विस्तार गरिरहेको बाग्मती प्रदेशका भौतिक    पुर्वाधार मन्त्री रामेश्वर फुयाले बताएका छन ।

काठमाडौंको डाछीदेखि भद्रवाससम्मको बाटो पिच भइसकेको र प्रदेशको १३ वटै जिल्ला लकडाउनबिच पनि निर्माणको काम गर्न मिल्छ भन्ने शन्देश दिइएको बताएका छन । भीडको आवश्यक नपर्ने बाल लगाउने, डोजर र केही टिप्पर सन्चालन गरि काम भइरहेको छ । त्यस्तै मकै छर्न, गोरु जोत्ने काम रोक्न नहुने बताएका छन । उनले भने – “सडक बन्द गरेर सडक नै बनाउनुभन्दा बन्दाबन्दीमा सडक बनाउनु राम्रो हो । ”

 

लकडाउनको बिचमा मजदुरलाई सुरक्षित राख्दै निर्माण कार्य अगाडि बढिरहेको छ । उनिहरुलाई ग्लोब्स, सेनिटाइजर, माक्स लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराई काम भएको छ । २३८ वटा रुख फडानी गर्न बन कार्यालय संग काम गरेको, समग्र बाटोमा १० वटा डोजर र १५ वटा टिप्परले काम गरिरहेको मन्त्री फुयालले जानकारी दिएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.