कोरोनाको युद्ध जितेर दोश्रो संक्रमीत युवती घर फर्किइन्

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । उनले आफ्नो उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमण भई मुक्त हुनेको शंख्या दुई पुगेको छ ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म कुल ३० जनामा कोरोनाको संक्रमण फेला परेको छ । शुक्रबार मात्र एकै दिन १४ जनामा कोरोना संक्रमित फेला पारिएको थियो । शुक्रबार उदयपुरमा १२ जना र चितवनमा दुई जना गरि १४ जनामा पिसिआर टेस्टमै कोरोना संक्रमण भेटिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.