संक्रमित १२ जनामा लक्षण छैन, सामान्य औषधि चलाइयो

बैशाख ६, बिराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।

उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो । कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले भन्नुभयो–चिकित्सकीय निगरानीमा रहनु भएका उहाँमा कुनै लक्षण देखिएको छैन ।

मैले १५ मिनेट जति उहाँहरुसँग प्रत्यक्ष कुराकानी गरें, मेसु मिश्राले भन्नुभयो–उहाँहरुलाई अहिले स्वास फेर्नदेखि रुघाखोकीसम्मको समस्या छैन । संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले सामान्य (न्यूनतम) औषधी चलाउन बाहेकको काम गरिएको छैन ।
इन्फेक्सन छ तर विरामीलाई थाहा छैन, र समस्या पनि छैन भने एन्टीबायोटिक चलाउनु पर्ने अवस्था हुँदैन । विशेषज्ञ फिजिसियन डा. दीपक सिग्देलले अहिलेसम्म उनीहरुमा समस्या नदेखिएको बताउँदै बारम्बार चिकित्सकीय निगरानी आवश्यक रहेको बताउनुभयो ।

संक्रमितलाई कुनै लक्षण नदेखिए पनि उनीहरुलाई कुनैपनि समयमा समस्या पर्नसक्ने कुरालाई विचार गरी सोही अनुसारको तयारी भएको छ । ८० प्रतिशत संक्रमितको अवस्था सामान्य हुने भएका कारण जोखिम फैलन सक्ने संभावना धेरै हुने मानिएको छ । उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा कोरोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको हो ।

उनीहरुसहित थप चारजनालाई पनि सँगै ल्याइएको छ । संक्रमित को–को हुन् भन्ने कुरा पहिचान गर्न नसकेपछि १६ जनालाई नै ल्याउनु परेको थियो । हाल संक्रमण पुष्टि नभएका चार जनाको पहिचान गरी उनीहरुलाई अर्कै स्थानमा क्वारेन्टाइनमा राखिएको छ । संक्रमितमध्ये एकजना नेपाली नागरिक विराटनगर निवासी हुनुहुन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.