हरेक प्राणी कसै न कसैको सहारामा बाचेका हुन्छन् । मानव होस या अन्य जुनसुकै प्राणी एकाअर्कामा परनिर्भर रहन्छ र प्रेम पनि । त्यस्तै अनौठो प्रेम रहेको छ रागिनी र सडकको कुकुरहरूबिच ।
हो ती नै रागिनी महतो करिब ८० ओटा सडक कुकुरहरुको सहारा बनेर दैनिकी खाना खुवाउदै विगत ४ बर्षदेखी निरन्तर तिनीहरुको सेवामा समर्पित छिन ।

रागिनी महतो जब सडकमा रहेका कुकुरका लागि भात र मासु झोलामा बोकेर घरबाट निस्किन्छन्, तब समाजका मान्छेहरु फरकफरक तरिकाले सोच्छन । कोहि कोहि सकारात्मक सोचले हेर्छन् त कोहि तुच्छ शब्द समेत प्रहार गर्न पछि पर्दैनन् । तर रागिनी आफ्नो कर्ममा अडिग रहि खाना नपाएर छटप्ट्याईरहेका सडक कुकुरहरुको भोग मेटाउन मै व्यस्त हुन्छिन ।
कोरोना भाइरस (कोभिड- १९)का कारण लकडाउन शहर । सडकमा मान्छे भेटिँदैन । सुनसान छ । भेटिन्छ त भोक र प्यासमा छट्पटाइरहेका कुकुर । थाहा छ, घरबाट बाहिर निस्कन पाइँदैन तर रागिनीलाई कहाँ घरमा बस्न मन लाग्छ र !

चोकमा ९० वटा कुकुर उनको प्रतीक्षामा छन् । २४ घण्टामा एक पटक ती कुकुरको पेटमा आहारा पर्छ । रागिनी नगए ती कुकुर भोकै हुन्छन् । कुकुरसँग भुक्ने र रुनेबाहेक अरू विकल्प हुँदैन ।
पेसाले ड्रेस डिजाइनर उनको अफिस ठमेल । जब खाजा खाने बेला हुन्छ, तब उनले आफू सस्तो खाजा खाएर त्यो पैसाले सडकमा रहेका कुकुरलाई खुवाउन सुरु गरिन् । त्यतिले मात्र पुगेन अनि १ बोरा चिउरा किनिन् । चिउरा र पानी खुवाउन सुरु गरिन् । भोक र प्यासमा रहेका केही कुकुरले सुख्खा चिउरा खान्थे ।
अनि कुकुरले आँफ्नो आँत भिजाउँथेे ।
तर, केही कुकुरले चिउरा खाँदैनथे । जन्मजातै मासु चाहिने जात । चिउराबाट कुकुरका लागि पोषण नपुग्ने भएपछि उनले भात र मासु खुवाउन थालिन् ।
पहिलो पटक २ किलो चामल र मासुबाट उनले सडक कुकुरलाई खुवाउन थालिन् । उनको पूरै तलब कुकुरका लागि खर्च हुन्छ । जब मासु र भात पाउँदा कुकुरले उनलाई वरिपरि घेर्छन्, त्यो बेला उनी खुसी हुन्छिन् ।
वाह ! कस्तो पशु प्रेम !
घर पालुवा कुकुरलाई सडकमा छाडेर विभिन्न रोगले ग्रसित र सडककै भुस्याह कुकुरहरूलाई समेत आफैं उपचार गरि फ़ुर्तिलो र हेर्न लायक बनाएका छन उनी । रुघा लाग्यो भने फार्मेसीबाट आफै औषधि ल्याएर खाना संगै मिसाएर खुवाउछिन । कुकुरलाई माया गरौं कुकुर समाजको पहरेदार हुन ।
समाजका मान्छेहरुलाई पनि रागिनी भन्छिन् – कुकुरलाई ढुुंगाले नहानौँ । तातोपानीले नछ्यापौँ’, ‘सानैदेखि आफ्नो सन्तानलाई पनि कुकुरलाई माया गर्नुपर्छ भनेर सिकाऔँ, तब भगवानले हामीलाई त्यसको रिटर्न दिनुहुन्छ ।’
दिउँसो २ बजे घरबाट निस्किएकी रागिनी झमक्कै हुँदा पनि सडकमै थिइन् । हामीसँग छुट्टिनुअघि उनले भनिन्, ‘प्लिज सरकार ! सडकका कुकुरको व्यवस्थापनका लागि सहयोग होस् !’
जनकपुरमा जन्मिएकी रागिनीले ३ वर्षअघि बानेश्वरको सडकमा रहेका कुकुरलाई खुवाउँथिन् । त्यसपछि जोरपाटी अर्यालगाउँ सरेपछि उनी यतैका कुकुरलाई खुवाउँछिन् । दिनमा ११ किलो चामलको भात पकाएर हरेक दिन दिउँसो २ बजे घरबाट निस्किन्छिन् अनि ९० वटा कुकुरलाई बराबर खुवाउँछिन् ।
कति बफदार कुकुर ! जुन समयमा रागिनी आइपुगिन्, त्यही समयमा कुकुरहरू पनि आइपुगे ।
रागिनी चोकमा पुग्नेवित्तिकै कुकुरहरूले घेर्न थाले । रागिनीलाई देख्नेवित्तिकै पुच्छर हल्लाउँदै स्वाँस्वाँँ गर्दै कुकुर उनी भएतिर दौडिए । रागिनीले कुकुरहरूको नाम पनि राखेकी रहिछन्- डेभिड, लेभो काली, फुच्ची, खैरी, मुसी, फ्याउरी…।
कुकुर, बिरालो रोएको राम्रो होइन तर खान नपाएपछि नरोएर के गरून् त ! ‘बिहान-बेलुका सबैको घरमा खाना उब्रिएको हुन्छ । त्यो फाल्नुको साटो ती कुकुरलाई दिँँदा त कति खुसी हुन्छन् कुकुर !’, उनी भन्छिन् ।
मान्छेले देला कि भन्ने आसमा कुकुरहरू बसेका हुन्छन् । मान्छेलाई एक दिन खुवाउनु, पर्सिपल्ट बिर्सिसक्छ तर कुकुरलाई एक पटक खुवाउनु, जीवनभर भुल्दैन भन्ने लाग्छ उनलाई ।
कुकुरले मान्छेको माया पर्खिरहने बरु मान्छेसँग डराउनुपर्ने उनको अनुभव छ । ‘राती एक्लै भेट्यो भने मान्छेले आक्रमण गर्छ तर कुकुरले आक्रमण गर्दैन’, उनी भन्छिन् ।
जहाँ जहाँ आफुले कुकुरको लागि खाना दिएको प्लास्टिकको झोला हुन्छन् फेरि त्यही क्षेत्रमा पुग्छिन र प्लास्टिक संकलन गरि डस्बिनमा राख्छन् ।
भिडियो रिपोर्ट:

