६० वर्षमा पहिलोपटक यसपालि एसियाली देशहरूको विकास रोकिने

बैशाख ४, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६० वर्षमा पहिलोपटक यसपालि एसियाली देशहरूको विकास रोकिने बताएको छ ।

एसियाली देशहरूको विकासमा कमी आउँदा वैश्विक वित्तीय संकटको वार्षिक औसत विकास दर (४.७ प्रतिशत) वा एसियाली वित्तीय संकट (१.३ प्रतिशत) भन्दा पनि खराब हुने आईएमएफको भनाइ छ ।

आईएमएफका अनुसार कोरोना भाइरसलाई रोक्ने नीतिहरू प्रभावकारी भए २०२१ मा एसियाली देशको विकास दरमा फेरि एकपटक उछाल आउनेछ ।

आईएमएफको चेतावनी विश्व बैंकको चेतावनीको ठीक एक दिनपछि आएको हो । विश्व बैंकले दक्षिण एसियाली देशहरू पछिल्लो ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको बताएको थियो । –बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.