लकडाउन उल्लंघन गर्ने ३ हजार २ सय बढी प्रहरीको नियन्त्रणमा

बैशाख ३, काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउननको उल्लंघन गर्ने ३ हजार २ सय बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार विहान ६ बजेदेखि ५ बजेसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

कोरोनाको भाइरसको सम्भावित जोखिम रोक्न सरकारले गरेको लकडाउन उल्लंघन गर्ने ७ सय ७४ महिला सहित ३ हजार २ सय ६७ जनालाई नियन्त्रणमा लिइएको हो । यसैगरी, ३ सय ६९ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ४ सय ८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाण्डौबाट सबैभन्दा बढि २ हजार ७ सय ४० जनालाई नियन्त्रणमा लिएको छ । भने ललितपुरबाट ४ सय ७९ र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.