भारतमा कोरोनाले ३७७ को मृत्यु, साढे ११ हजारमा संक्रमण

बैशाख ३, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७७ पुगेको छ । संक्रमितको संख्या ११ हजार ४३९ पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

अहिले भारतमा ९ हजार ७५६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने १ हजार ३०५ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

सबैभन्दा धेरै महाराष्ट्रमा ३ हजार ६८७ मा कोरोना संक्रमण दखिएको छ, जसमा १७८ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा १ हजार ५६१ जनामा संक्रमण देखिएको छ भने ३० जनाको मृत्यु भइसकेको छ । भारत सरकारले तीन साता लामो लकडाउन हिजो सकिए पछि पुनः तीन साता लकडाउनको घोषणा गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.