लकडाउन वैशाख १५ गतेसम्म, थप कडाइ

बैशाख २, काठमाडौं । सरकारले आगामी वैशाख १५ गतेसम्म देशभरि लकडाउन गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले १२ दिन लकडाउनको अवधि थपेको हो।  यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो।तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ।

अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ । काठमाडौँ उपत्यकामा थप २ जना संक्रमित भेटिएपछि प्रशासनले थप कडाइ गर्ने भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.