सनसिटीमा बसोबास गरेका दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या १६

बैशाख २, काठमाडौं । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेभसाइट मार्फत जानकारी गराएको छ ।

त्यसपछि तीनै जनालाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरी पीसीआर माध्यमबाट थप परिक्षण गर्दा समेत दुई जनामा पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी एक जनाको पछिल्लो परिक्षणमा पनि कोभिड १९ पोजेटिभ नदेखिएको उल्लेख छ ।

साथै उक्त अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिको परीक्षण आजैबाट सुरू गरिएको छ भने निजहरूसंग सम्पर्कमा रहेकाको खोजी शुरु भएको मन्त्रालयले जनाएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.