आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

चैत ३०, कञ्चनपुर । हँसिया प्रहार गरी आफ्नै बुवाको हत्या गरेको अभियोगमा कृष्णपुर नगरपालिका– ४ लालीगुराँस टोल बस्ने २४ वर्षीय सिमन रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

५५ वर्षीय बाबु तौला रानालाई घरको आँगनमा हँसिया प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरिया र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले सिमनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.