असार २४, काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये दुई जनालाई सुरक्षित बाहिर निकालिएको छ ।
गुफामा बानी बढ्न सक्ने आशंकामा जोखिमयुक्त मेसिनको सहयोग लिएर उद्दार थाल्ने निर्णय भएको थियो ।डेलिमेलका अनुसार गुफामा फसेकामध्ये २ बालकलाई सुरक्षित र सकुशल बाहिर ल्याइएको छ । अस्पताल लैजानुपूर्व उनीहरुको उद्दारस्थलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि गोताखोरहरु पानी भरिएको गुफामा खटिएका छन् ।उनीहरुलाई अलग अलग समूहमा बाहिर ल्याइनेछ । यो मिसन पूरा हुन कति समय लाग्छ थाहा छैन । समाचार एजेन्सी एएफपीले उद्दार दललाई उदृत गर्दै बताएअनुसार तीन दिन लाग्न सक्छ ।