कविताः ‘नयाँ वर्ष’

उपचार पद्धतिसँगै
सन्त्रासको बादलमा
चाँदको घोडा बनेर
सम्पन्नहरुमा उदारता बोकेर
भोका पेटमा गाँस भरेर
रोगलाई निर्मूल पार्दै
शोकलाई शक्तिमा बदलेर
विश्वका प्रताडित मनहरुमा
खुसी भरेर आउ
नयाँवर्ष तिमी आउ।

लक डाउन र सामाजिक दुरी मेटाउदै
सबैमा विश्वास र माया भरेर
उत्साह र उमङ्ग बोकेर आउ
जहाँ हरेक मान्छेका खुसीहरु फुलुन्
भ्रस्टचार र घुसखोरी अन्त्यहोस् ।
मान्छेहरुमा समानताको भावना विकासहोस्
हो, नयाँवर्ष तिमी आउ
यस्तै यस्तै खुसी र उमङ्ग बोकेर आउ ।

लेखकः प्रकाश अधिकारी
इष्ट पोल मा.वि. का सह–प्रधानाध्यापक हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.