चैत २८, काठमाडौँ । काठमाडौँको जोरपाटी स्थित माकालबारीमा कोरोना संक्रमित व्यक्ति फेला परेको भन्दै अफवाह फैलाउनेलाई स्पष्टिकरण सोधिने भएको छ ।
माकालबारी टोल सुधारले लकडाउनलाई उल्लंघन गर्दै आफूखुसी गाडीमा माईकिङ गरी गलत सूचना प्रवाह गरेको भन्दै गोकर्णेश्वर नरपालिकाले उक्त व्यक्तिलाई स्पष्टिकरण सोधिने भएको छ । नगरपालिकाभित्र त्रास फैलाउने काम भएको भन्दै नगरपालिकाले त्यस विषयमा गम्भीर रुपमा लिइएको र आज बेलुकासम्म प्रेस विज्ञाप्ती समेत निकाल्ने तयारी गरिरहेको नगर स्रोतले जनाएको छ ।
माकालबारी क्षेत्रमा लकडाउनको उल्लंघन तिब्र रुपमा भईरहेको भन्दै प्रहरी प्रशासनले पनि कडाई गर्दै आईरहेको छ । विहिबार माकालबारी टोलमा त्यस प्रकारको गलत सूचना प्रवाह भएपछि सरकारका विभिन्न तहबाट सोधबुझका लागि नगरपालिका प्रमुख, प्रहरी लगायत स्थानीयहरुलाई जानकारी माग्नेको फोन आईरहेको माकालबारी प्रहरी विटले जनाएको छ ।
माईकिङमा त्यस क्षेत्रमा सम्बन्धित निकायबाटै ३ जना कोरोना संक्रमित व्यक्ति फेला परेको भन्दै अवाह फैलाएको थियो । बा १८ च १३६६ नं. को सामान ढुवानी गर्ने गाडीमा माकालबारी टोल सुधार समितिका पदाधिकारी र नेपाल प्रहरीकै पोसकमा एक जना व्यक्ति रहेको देखिन्छ ।
गलत सूचना प्रचार गर्दै माकालबारी टोल सुधार समिति

