चैत २८, पर्वत । बजार मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यासको कालोबजारी गरेको अभियोगमा पर्वतमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जलजला गाउँपालिका ३ मा रहेको दिप्सन मेटल स्टोर्सका सञ्चालक ४० वर्षीय मीनप्रसाद रेग्मी छन् ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिमा रेग्मीले बजार मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यास बेचेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेग्मीमाथि कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ ।

