चैत २२, काठमाडौं । खोटाङ जिल्लाको उत्तरी क्षेत्र ऎसेलुखर्क गाउँपालिक वडा न.- १ राखा बाङ्देल बाहाने गाउँमा शेर्पा जातिहरुको मौलिक पहिचान तथा संस्कृती श्याब्रु नृत्य नि: शुल्क प्रशिक्षण गराइने भएको छ ।
समयको परिबर्तन र विश्व मानव सभ्यताको विकास सङ्गै विभिन्न अवसरहरुको खोजीमा दिन प्रति दिन बसाइँसराइ जाने क्रम निरन्तर रहेको र समयको परिवर्तन परिस्थितिको बिकाससङ्गै आफ्नो मौलिक बिशिस्ट पहिचानलाई बिर्सदै गाइरहेको अवस्थलाई मध्यनजर गर्दै खोटाङ जिल्ला ऎसेलुखर्क गाउँपलिक १ राखाबाङ्देल बाहाने गाउँमा थ्री स्टार मुन्सिल बाहाने शेर्पा समाजले गाउँमै रहेका युवा बर्ग र केहि दिनका लागि शहरबाट गाउँ प्रस्थान गरिएका युवा बर्गहरुलाई लक्ष्यित गर्दै नि:शुल्क श्याब्रु प्रशिक्षण गराइएने भएको हो । हामी सम्पुर्ण शेर्पा जातिहरु एकताको प्रतिबिम्ब भनेकै हाम्रो बिशिस्ट पहिचान हो र हाम्रो समृधा परम्परा हो हाम्रो भाषा हो भन्ने मनोसयका साथ राखाबाङ्देल बाहाने गाउँमा नि : शुल्का शेर्पा जातिको नृत्य श्याब्रु प्रशिक्षण गराइने भएको कार्यक्रम ब्यबस्थापन समितीका संयोजक लाक्पा शेर्पाले जानकारी दिनु भयो ।
संयोजक लाक्पा शेर्पा बन्नु हुन्छ अहिले गाउँमा लगभग ८०% बन्द बडी शेर्पा युवाहरु छुटिमा आफ्नै घरमा बसिरहेका छन यो छुटीमा घरमै बसिरहेका युवाहरुलाइ आफ्नो भाषा धर्म संस्कृती प्रति ध्यानाकर्षण गराइ आफ्नो संस्कृती बिशिस्ट पहिचान र संस्कृती संरक्षणका प्रती सकारात्मक भुमिका प्रदान गर्नका लागि नि: शुल्का श्याब्रु नृत्य प्रशिक्षण गराइएको हो ।श्याब्रु प्रशिक्षणमा दुई वटा गाउँपलिकबाट प्रशिक्षार्थीहरुको सहभागीता हुने भएको छ ।नि शुल्क श्याब्रु प्रशिक्षण चैत २२ गते सनिश्चवार देखी सुरु हुने भएको छ । ब्यबस्थापक लाक्पा शेर्पा बन्नु हुन्छ हामिले नि :शुल्क प्रशिक्षण प्रदान मात्र होइन प्रशिक्षण पछि केही नगत पुरस्कर सहित वडा स्तरीय सामुहिक श्याब्रु नृत्य प्रतिस्पर्धा समेत गराउने निर्णय गरिएको छौ ।

