वाग्मती प्रदेश : कोरोना नियन्त्रण तथा उपचार कोषलाई ५० करोडको बनाउने निर्णय

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बैठकले प्रदेशमा कोरोनाविरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दललगायतलाई समेत समेटेर अनुगमन समिति बनाउने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताए। बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भए गरेका गतिविधिका बारेमा जानकारी आदानप्रदान गराउन संयन्त्र बनाउने निर्णयसमेत गरेको उनले जानकारी दिए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.