काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण

चैत १८, काठमाडौं । नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ ।

यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको हो । चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास सिलिन्डर वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

उपाध्यायले भन्नुभयो, “भारतबाट ग्यास पेट्रोल आयात भइरहेकै छ, हामीले बजारमा पठाएका पनि छौँ तर ग्यास पाएनौँ भन्ने पनि हुनुहन्छ त्यसैले पठाएको ग्यास कहाँ गयो भनेर हामीले डिलरसँग दैनिक विवरण माग गरेका छौँ, दैनिक विवरण आउन थालेको छ, ग्यास पाएनौँ भन्नेहरूको समस्या समाधानका लागि नै दैनिक विवरण लिएर काम गरेका छौँ, ग्यासको अभाव छैन, ग्यास पाइन्छ ।”

काठमाडौँ उपत्यकालगायत अन्य स्थानमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले विभिन्न डिलर तथा रिटेलरहरूबाट वितरण गरेको परिमाण दैनिक रूपमा निगमले हेरिरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । लकडाउनमा व्यवसायीहरूले ग्यास लुकाएको हुनसक्ने र उपभोक्ताले बढी मात्रामा ग्यास मौज्दात राखेकाले ग्यास वितरण प्रणालीलाई सहज बनाउन आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्न सुरु गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.