प्रारम्भ खबर ।
चैत १७, काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको सातौं दिन आज अन्य दिनहरुभन्दा अलि बेग्लै छ ।
विश्वभर फैलिएको (कोभिड-१९,) कोराना भाइरसबाट सबैमा त्रास देखिएपछि नेपालमा रोकथाम तथा नियन्त्रणका लागि गत साताको मंगलबारबाट सरकारले आम नागरिकलाई सुरक्षीत राख्न घरबाट निस्किन निषेध गरिएको छ ।

सरकारले प्रहरी प्रशासन लगाएर कोराना रोगको उच्च जोखिमबाट बचाउन सतर्कता सहित माइकिङ गर्दै टोल बस्तीमा चेतनामूलक प्रचारप्रसार तथा घर बाहिर ननिस्किन आह्वान गर्दै आईरहेका छन् । मुख्य सडक तथा जिल्ला-जिल्लाका नाकामा समेत कडाइ गरिरहेका बेला केही नागरिकहरु भने लकडाउनको उलंघन गरेकोमा कारवाहीमा परेका छन् ।

आइतबार बसेको मन्त्री परिषद्को बैठकको निर्णयबाट पुनः एक हप्ता लकडाउनको समय अवधी थपेपछी भने नागरिकहरुमा केही चेतना आएको देखिन्छ । त्यस्तै आजको सडक तथा टोल अनुगमनको क्रममा काठमाडौं महानगरपालिकाका केही स्थान, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका लगायतको बस्तुस्थिती बुज्दा अघिल्लो दिनहरुभन्दा अलि सजकता अपनाएको देखिएको छ ।

काठमाडौंका नगरपालिकाहरुमध्ये बुढानिलकण्ठ नगरपालिकामा लकडाउनको प्रभावकारी राम्रो देखिएको छ । नागरिकहरु आफैं सजकता अपनाउदै आवश्यक खाद्यान्न पसल, तरकारी पसल र दुग्ध सेवा बाहेक अन्य पसल खोलेको देखिदैन। तर गोकर्णेश्वर नगरमा भने केही होटल तथा व्यक्तिहरु सडकमा हिड्ने क्रम जारी रहेको छ ।

प्रहरीले आवश्यक सवारीमा एम्बुलेन्स, औषधि ओसारपसार, खानेपानी, फलफूल बोक्ने दूध ओसारपसार र सवारी अनुमतीपत्र पाएका साधनलाई मात्र चल्ने दिएको छ भने अन्य सवारीलाई रोकेर कार्वाही गराउदै आएका छन ।


