मान्छेलाई राहत पु¥याउँदै गर्दा पशुपंक्षी भने छट्पटिदै

चैत १६, काठमाडौँ ।  विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसले मानव समुदायलाई आक्रान्त बनाईरहेको छ । विश्व स्वास्थ्य विज्ञानलाई समेत चकित पार्ने यस रोगको संक्रमणले हाल विश्वका करिव १७७ भन्दा बढि देशहरुलाई सताईरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराना संक्रमणको उच्च जोखिमा रहेको घोषणापछि नेपालमा यसको रोकथाम तथा नियन्त्रणका लागि राज्य संयन्त्र लागि परेका छन् । कोरोना रोगबाट बच्न सचेत र सतर्कता अपनाउने गत सातादेखि मन्त्रि परिषदको निर्णयले नेपाल पूरै लकडाउनमा राखेका छन् । प्रत्येक नागरिकलाई घरबाहिर निस्किन निषेध गर्दै राज्यका सुरक्षा अंगहरु परिचालन गरेका छन् । सोही अनुरुप काठमाडौँ उपत्यका लगायत सबै सहर तथा नाकाहरुमा आवाज जवात बन्द गर्दै सुरक्षानीति कडा बनाएइको छ । लकडाउनको छैटौँ दिनसम्म आईपुग्दा नेपालीहरुले निकै तितो घटनाको अनुभव लिइरहेका छन् । यो समय खुल्ला सहर र खुल्ला वातावरणमा स्वतन्त्रपूर्वक दैनिक जीवनयापन लागि घर बाहिर हिड्नेहरुका लागि निकै कठिन बन्दै गएको छ ।

सरकारले घोषणा गरेका लकडाउनलाई उल्लंघन गर्ने केही व्यक्तिहरु समेत प्रहरी कारवाहीमा परेको छ । लकडाउनकै प्रभावका कारण दैनिक ज्याला मजदुरी गर्दै आफ्नो जीविकोपार्जन गर्ने व्यक्तिहरु निकै कठिन परिस्थिति छन् । दिनभर भारी बोकेर छाक टार्नेहरुको लागि मात्रै नभई गरिव तथा सडकमा रहेका व्यक्तिहरुलाई समेत लकडाउनको असर परेको छ । ती व्यक्तिहरुको तथ्यांङक सरकारले यकिन नगरेको र औपचारिक रुपमा कुनै व्यवस्थापन नहुँदा दिनप्रतिदिन उनिहरु मारमा परेका छन् ।

मन्दिर, गुम्बा तथा सडकका केही दृश्यहरुले असहज बताईरहेका छन् । तथापी पशुपतिनाथ क्षेत्र र न्यूरोड क्षेत्रका सडकमा रहेका व्यक्ति तथा दैनिकी ज्यालामा गुजरा चलाउँदै आईरहेकाहरुलाई भने केही व्यक्ति तथा संघसंस्थाको सहयोगमा खानाको व्यवस्थापन गरिरहेका देखियो । सरकारले पनि प्रत्येक गरिव तथा मजदुरहरुको लागि अवस्था बुझि सहयोग पु¥याउन स्थानीय सरकारलाई समेत निर्देशन दिईसकेका छन् । तर लकडाउनकै त्रासमा कोही बाहिर निस्किन नपाउँदा कठिन परिस्थितिमा परेका व्यक्तिहरुको संख्या पत्ता लगाउन स्थानीय सरकार आफै अन्यौलमा छन् ।

प्रत्येक स्थानीय तहले आफ्नो नागरिकको सहजताका लागि अपनाएका रणनीति ती गरीब तथा दैनिकी ज्याला मजदुरीमा जीवन चलाएकाहरुसामु ध्यान पु¥याउन जरुरी देखिन्छ । मान्छेको लागि केही हदसम्म राहत मिल्दै गएपनि टोल छिमेक वरपरका पशुपंक्षीका लागि भने अझै राहत पुग्न सकिरहेको छैन् । लकडाउनपछि सबै पसल, होटल तथा घरहरु बन्द भएपछि वरिपरिका कुकुर, परेवा, चराचुरुङ्गी तथा गाईबस्तु भने भोकले छट्पटाउन थालेका छन् ।

त्यस्तै पशुपति मन्दिर परिसरमा रहेका बाँदर, कुकुर, गाई लगायत पशु प्राणीका लागि केही अहाराको व्यवस्था अझै हुन सकिरहेको छैन । बौद्धनाथ क्षेत्रमा पनि हजारौँ संख्यामा रहेका परेवाहरु भोकले छट्पटाई रहेको छ । मानव प्राणीले त बोल्न सकिन्छ र माग्न पनि सकिन्छ तब केही राहत मिल्ला तर ती अवोध प्राणीहरुले भने कसलाई गुहार्ने ? लकडाउनको समयअवधि अझै ८ दिन थपिएको छ । अब भने मानव जगतको राहतसंगै प्राणी जगतको हेरचाहामा पनि सरोकारवालाले ध्यान दिने कि ?

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.