नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

चैत १५, नेपालगन्ज । नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएपछि दुर्घटनाग्रस्त भएको छ।

कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी उपचारका लागि आवश्यक पर्ने सामग्री लिएर काठमाण्डूबाट आएको नेपाल वायु सेवा निगमको जहाज शनिवार मध्यान्ह अवतरणका क्रममा उछिट्टिएर विमानस्थलको धावनमार्गभन्दा बाहिर गएको हो।

जहाजमा रहेका चालक दलका सदस्य सहित पाँचै जना यात्री सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

जहाज के कारणले दुर्घटना भएको हो भन्नेबारे बुझ्न नेपाल वायु सेवा निगमको ईन्जिनियर टोली शनिवारै नेपालगञ्ज आउन लागेको बताइएको छ।

त्यस्तै चालक दल र नेपालगञ्जबाट काठमाण्डू पठाउन तयार पारिएको कोरोनाभाइरस सम्बन्धी स्याम्पल लिन नेपाल एअरलाइन्सको अर्को जहाज आउन लागेको जानकारी नेपालगञ्ज विमानस्थलका अधिकारीले दिएका छन्।

दुर्घटनाको छानविन पछि मात्र घाँसे मैदानबाट विमान हटाएर मर्मत गरिने भनिएको छ।

नाइन एन एकेयु कलसाइन भएको उक्त विमान अवतरणको क्रममा धावनमार्गबाट केही मिटर पर उछिट्टिएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.